प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड रुपैयाँ मौज्दात
वि.सं.२०८३ भदौ २९ सोमवार २०:४९
169
shares
shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ । प्रधानमन्त्री राहत कोषमा जम्मा हुने रकम बढ्दै गएको छ ।
कार्यालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ रहेको छ । त्यस्तै, दुई वाणिज्य बैंकका खातामा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको छ ।
यसअघि प्रधानमन्त्री राहत कोषबाट बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ ।



















