माओवादीद्धारा छैठौं ठूलो आक्रमणः बारुदी सुरुङ विष्फोट, ६ सुरक्षाकर्मी घाइते

वि.सं.२०७५ कात्तिक २८ बुधवार १४:५१
shares

छत्तीसगढ । निर्वाचन बहिस्कारको घोषणा गरेका माओवादीले निरन्तर आक्रमण जारी राखेका छन् । पछिल्लो आक्रमणमा परी बोर्डर सेक्युरिटी फोर्सका ६ जना सुरक्षाकर्मी घाइते भएका छन् ।जनसत्तामा प्रकाशित समाचार अनुसार, भारतीय माओवादीहरुले बीजापुर जिल्लामा बारुदि सुरुङ विष्फोट गरेका थिए ।
तीन दिन अघि आइतबारका दिन छत्तीसगढको कांकेर जिल्लामा माओवादीको आक्रमणमा परि एकजना सहायक सब इन्सपेक्टरको मृत्यु भएको थियो । त्यतिखेर ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि माओवादीले आक्रमण गरेका थिए ।
सोमबार छत्तीसगढ राज्य विधानसभाको निर्वाचन भएको थियो । पछिल्लो दुई सातामा हिजोको आक्रमण छैठौं आक्रमण हो । विधानसभा निर्वाचन सोमबार प्रचम चरणको शुरुआतसितै माओवादीले आइआइडी विष्फोट गरेका हुन । कतेकल्याण इलाकाको नयनार गाउँमा राखिएको मतदान बूथदेखि ७०० मीटर दुरीमा विष्फोट भएको हो ।