भारतको सबरीमाला मन्दिरमा दुई महिला प्रवेश गर्न सफल, ‘शुद्धीकरण’का लागि भन्दै मन्दिर बन्द

9.49K
shares

केरला । भारतको केरला राज्यमा रहेको सबरीमाला मन्दिरमा दुई महिला प्रवेश गरी भगवान अयप्पाको पूजा गरेका छन्।

बिन्दु र कनकदुर्गा नाम गरेका दुई महिलाले आज बिहान करिब ४ बजे मन्दिर प्रवेश गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। भारतको सर्वोच्च अदालतले सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेशमा रोक लगाउनु मानव अधिकारको उल्लंघन भएको भन्दै केही महिनाअघि फैसला गरेको थियो। त्यसछि हालसम्म करिब १५ महिलाहरुले मन्दिर प्रवेशको प्रयास गरेका थिए। तर, हिन्दुवादी समूहले उनीहरुलाई प्रवेश गर्न रोक्दै आएको थियो।

५० वर्ष भन्दा कम उमेरकी महिलाहरु मन्दिर परिसरमा प्रवेश गरेको समाचार सार्वजनिक भएपछि ुशुद्धीकरणु का लागि भन्दै अहिले मन्दिर बन्द गरिएको जनाइएको छ। सर्वोच्चबाट फैसला हुनुपूर्व महिनावारी हुने उमेरसमूहका महिलाहरुलाई सबरीमाला मन्दिरमा प्रवेश निषेध थियो।

प्रहरीको घेरामा कालो पहिरनमा दुई महिलाहरु मन्दिर प्रवेश गरेको भिडियो संचार माध्यमहरुले प्रशारण गरेका छन्। उनीहरु पवित्र १८ पथको बाटोबाट नभइ कर्मचारी प्रवेश गर्ने ढोकाबाट मन्दिर प्रवेश गरेको बताइएको छ। महिलाहरु मन्दिर प्रवेश गरेको पुष्टि गर्दै केरलाका मुख्य मन्त्री पिनराय विजयनले मन्दिरमा प्रवेश गर्न चाहने सबैलाई सुरक्षा प्रदान गर्नु आफूहरुको दायित्तव रहेको बताए।

यता अयप्पा धर्म संघले यस कदम विरुद्ध लड्ने बताएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083