नागरिता बिधेयकको बिरोधमा मानवअधिकार आयोगका महानिरीक्षकद्धारा राजीनामा
वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:४१
6.99K
shares
shares

काठमाडौं । भारतको लोकसभा र राज्यसभाबाट पारीत नागरीकता संशोधनको बिरोधमा एक उच्च प्रहरीले राजीनामा दिएको छ ।
महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक पदमा कार्यरत अब्दुर रहमानले राजीनामा दिने घोषणा गरेका हुन् ।
महानिरीक्षक रहमानले बिहीबारदेखि लागु हुने गरी राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटमा उल्लेख गरेका छन् । नागरिकता संशोधन विधेयकले भारतीय संविधानको धारा १३, १४ र २५ उल्लंघन गरेको उनको दाबी छ ।


















