ट्राफिक व्यवस्था सुरक्षित र मर्यादित बनाउन तालीम

Nepal Life Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ ।

सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उहीहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका लागि प्रशिक्षण दिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

सार्वजनिक यातायात चालकलाई दिइन लागिएको उक्त प्रशिक्षणका लागि काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी प्रालिलाई पत्राचार गरिएको उहाँको भनाइ छ । प्रालिले सहभागी गराउनका लागि चालकको नामावली पठाएपछि महानगरले तालीमको आयोजना गर्नेछ । सचेतनामूलक तालीमपछि यात्रु र चालकबीचको सम्बन्ध सुमधुर हुनुका साथै दुर्घटनासमेत न्यूनकिरण हुने विश्वास गरिएको छ ।

काठमाडौँका सडकमा गुड्ने सवारी साधनमध्ये एक दशमलव पाँच प्रतिशत यात्रु मात्रै साइकलमा यात्रा गर्ने गरेका छन् । अन्य सबै निजी वा सार्वजनिक सावरी साधनको प्रयोग गर्ने गर्दछन् । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौँ उपत्यका पैदल यात्रा तथा साइकल प्रयोगका लागि अनुकूल मानिन्छ । तर यसको अभ्यास अत्यन्तै कम भएको छ भने सार्वजनिक सवारी साधनको बढ्दो प्रयोग र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना दिनहुँ जस्तै हुने गरेका छन् ।

छोटो तथा मध्यम दूरीका लागि शहरका प्रायःजसो सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ । उपयुक्त भौतिक पूर्वाधार तथा नीति नियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न शहरवासीलाई कठिनाइ भइरहेको छ । ठूला सवारी साधनको कम प्रयोग गरेर साइकल यात्रालाई प्रोत्साहन गर्नका लागि आगामी शनिबारदेखि पहिलो चरणमा माइतीघर तीनकुने साइकलमार्गको सञ्चालन तयारीसमेत गरिसकिएको छ ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...