आईएसद्वारा ११ जना इसाईको घाँटी रेटेर हत्या

Nepal Life Insurance Long Ad

काठमाडौं । जिहादी समूह इस्लामिक स्टेट आईएसले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ । आईएसको समाचार संस्था ‘अमाक’ले एउटा भिडियो सार्वजनिक गर्दै हत्याको दृश्य देखाएको हो।

बीबीसीका अनुसार आईएसले त्यसलाई अक्टोबरमा सिरियामा आफ्ना नेता र प्रवक्ता हत्या गरिएको बदलाको एउटा घटना भएको बताएको छ । ५६ सेकेन्ड लामो भिडिओमा घाँटी रेटेर मारिएको देखाइएका सबै पुरुष छन्। तर ती को हुन् भन्नेबारे विस्तृत जानकारी दिइएको छैन ।

आईएसले उनीहरूलाई नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ । भिडिओ बिहीबार सार्वजनिक भएको हो । एक जनालाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर टाउको काटिएको बीबीसीले जनाएको छ ।

आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर अन्त्यतिर सिरियामा मारिएका थिए । विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडिओ सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन् ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...