कोरोनाको त्रास : फिलिपिन्समा वित्त बजार अनिश्चितकालका लागि बन्द
वि.सं.२०७६ चैत ४ मंगलवार १२:४९
5.19K
shares
shares

एजेन्सी।
फिलिपिन्सले नोवेल कोरोना भाइरस कोभिड(१९ को महामारीको कारण शेयरसहित सबै वित्त बजार बन्द गर्ने निर्णय गरेको छ ।
फिलिपिन्सले अर्को सूचना नआउञ्जलेसम्मका लागि भन्दै वित्तीय बजार बन्द गर्ने निर्णय गरेको हो । फिलिपिन्सको स्टक एक्सचेन्ज र बैंकर्स एशोसिएसन अफ द फिलिपिन्सले मंगलबारदेखि लागू हुने गरी यो निर्णय लिएको हो ।
यसअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि कोरोना भाइरसको महामारीबाट बच्न मुलुकमा एक महिनादेखि लागू गरिएको ‘लक डाउन’ थप बढाउने निर्णय गरेका थिए ।
अहिलेसम्म फिलिपिन्समा कोभिड(१९ का १४२ जना संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या पनि १२ पुगिसकेको छ ।































