इरानी जहाजलाई ध्वस्त पार्न ट्रम्पको आदेश

18.54K
shares

वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी इरानी युद्धपोतले अमेरिकी जहाजका लागि समस्या उत्पन्न गर्छ भने त्यसलाई प्रहार गर्न नौसेनालाई निर्देशन दिएको छ ।

एक हप्ता अगाडी पर्सियन खाडीमा अमेरिकी युद्धपोत ११ सैन्य जहाजद्वारा घेरिएको समाचार आएपछि ट्रम्पले उक्त आदेश दिएको हो । अमेरिकी नौसेनाले उक्त घटनालाई खतरनाक र भडकाउने खालको बताएको थियो ।

ट्रम्पले ट्विटमा भनेका छन् ,’ मैले अमेरिकी नौसेनालाई निदेशन दिएको छु, यदि समुद्रमा हाम्रा जहाजहरुलाई दुख दिन्छ भने कुनै पनि इरानी गनबोटलाई प्रहार गरि नष्ट पार्नु ।’

गत हप्ता अमेरिकी नौसैनिक युद्धपोतलाई घेर्ने इरानी जहाज त्यहाँको रिभोलुसनरी गार्डस्को भएको रोयटर्सले जनाएको थियो । अमेरिकाले उक्त संगठनलाई आतंककारी संगठन घोषणा गरेको छ । त्यसपछि दुई देशबीच विद्यमान तनाव झन बढेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानी जहाजको गतिविधि अमेरिकी युद्धपोत अन्तराष्ट्रिय समुद्री सीमामा थियो । उक्त अमेरिकी सैन्य वेडा सैन्य हेलिकप्टरसँग मिलेर अभ्यास गरिरहेको थियो । एक स्थानमा इरानी जहाज अमेरिकी तटरक्षक बलको जहाजको १० गज दुरीसम्म पुगेको थियो ।

बुधबार इरानले आफनो पहिलो सैन्य भुउपग्रह सफलतापुर्वक प्रक्षपण गरेकै दिन ट्रम्पको उक्त बयान आएको हो । उक्त प्रक्षपणलाई लिएर अमेरिकाले इरानमाथि क्षेप्यास्त्र कार्यक्रमको ढाकछोप गर्न त्यसको प्रक्षेपण गरेको आरोप लगाएको छ । रिभोलुसनरी गार्डले आफनो आधिकारिक वेबसाइटमा लेखेकोछ -इरानको पहिलो स्याटलाइट सफलतापुर्वक कक्षामा प्रवेश गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083