एक महिनापछि ऊहानमा फेरि कोरोना संक्रमित भेटियो
वि.सं.२०७७ वैशाख २८ आइतवार १४:४४
5.73K
shares
shares

एजेन्सी ।
कोरोनाभाइरसको महामारी पहिलो पटक देखिएको चीनको ऊहानमा एक महिनापछि फेरि नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य अधिकारीका अनुसार अप्रिल ३ पछि ऊहानमा पहिलोपटक नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका हुन् ।
संक्रमितको अवस्था गम्भीर रहेको र उनको पत्नीमा भाइरसको संक्रमण पाइएको अधिकारीहरुले जनाएका छन् । यद्यपि पत्नीमा भने कोभिड–१९ को लक्षण देखिएको छैन । उनी बस्ने स्थानमा यसअघि २० जनामा यस भाइरसको संक्रमण देखिएको थियो ।
ऊहानको स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमण पहिले कै सामुदायिक संक्रमणको हिस्सा हो । संक्रमितका पत्नीसहित लक्षण नदेखिएका समुदायका ५ जनालाई अस्पताल पठाइएको छ ।
७६ दिन लामो लकडाउनपछि गत अप्रिल ८ मा ऊहानले आफ्नो सीमा खुला गरेको थियो । शनिबारसम्म सहरमा ५० हजार ३३४ जना संक्रमित फेला परेका छन् ।
सीएनएन































