कतार विश्वकप : तेस्रो भयो क्रोएसिया

एजेन्सि । विश्वकप फुटबलका उपाधिको दाबेदार मानिएको क्रोएसिया तेस्रो भएको छ । कतारको दोहामा सम्पन्न मोरक्को विरुद्धको खेलमा २–१ गोलको जित नकिाल्दै क्रोएसिया तेसौ बनेको छ । यस अघि सन् २०१८ को विश्वकपमा फान्सले उपाधि जित्दा क्रोएसिया दोस्रो भएको थियो । यस पटक क्रोएसियाले १ स्थान तल झर्दै विश्वकपको यात्रामा विराम लगाएको हो । खेलको ७ औं मिनेटमा गोल गरेर क्रोएसियाले लिएको अग्रता लामो समय टिक्न सकेन । २ मिनेट पनि नवौं मिनेटमा मोरक्कोका लागि अचरफ दारीले गोल गरेर खेल बराबरीमा ल्याए । तर क्रोएसियाले खेलको ४२ औं मिनेटमा ओरसिकले गोल गरेर अग्रता बनाएका हन् । सेमिफाईनलमा अर्जेन्टिनासँग पराजित क्रोएसिया र फ्रान्ससँग पराजित मोरक्कोले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका हुन् । उपाधिका लागि भोलि पौने ९ बजे अर्जेन्टिना र फ्रान्स भिड्नेछ ।
२ पुस २०७९, शनिवार २३:३३ बजे प्रकाशित