बंगलादेशदेखि झापा सम्म बस सेवा सुरु, २ बंगलादेशी बसलाई झापामा भव्य स्वागत

Nepal Life Insurance Long Ad

झापा । बंगलादेश–भारत–नेपाल बीच सिधा बस सेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रबेश गरेका बसलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा भव्य स्वागत गरिएको छ । बसमा सवार तीन देशका सरकारी अधिकारीहरुलाई स्वागत गरिएको अध्यागमन कार्यालयले जानकारी दियो ।

बसमा बंगलादेशका ३९, भारतका ११ र नेपालका ७ गरी कुल ५७ जना सरकारी अधिकारीहरु सहभागी थिए । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य नेतृत्वको ठूलो टोलीले उनीहरुलाई स्वागत गरेको हो । स्वागतका लागि विद्यार्थी तथा जिल्ला खेलकुद विकास समितिका तर्फबाट खेलाडीहरु बिहानैदेखि काँकडभिट्टा पुगेका थिए । बंगलादेशबाट आएको टोलीलाई पञ्चेबाजासहित नेपाल प्रवेश गराइएको थियो । बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौताअनुरुप त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी सुरु गरिएको हो । सम्झौता भएको तीन वर्षपछि रुट परीक्षण सुरु गरिएको हो ।

ढाकाबाट छुटेका श्यामोली परिवहनका दुईवटा यात्रुबस बिहीबार काठमाडौँ पुग्ने बताइएको छ । बस मंगलबार अपराह्न भारत–बंगलादेश सीमाको फूलबारी आइपुगेको थियो । त्यहाँबाट बुधबार बिहान नेपालका लागि प्रस्थान गरेको थियो । बंगलादेश, भुटान, भारत र नेपालबिच बस सेवा सञ्चालन गर्नका लागि सन् २०१५ मा बीबीआइएन मोटर भेइकल सम्झौता भएको थियो ।यद्यपि, भुटानले अझै यो सम्झौतामा हस्ताक्षर गरेको छैन् । सोही सम्झौता अनुसार परीक्षणको रुपमा बस सेवा सञ्चालन गरिएको हो । बीबीआइएन सम्झौतालगत्तै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेको रुपमा विकास गर्ने भन्दै स्तरोन्नती गरिरहेको छ ।

‘यो त ट्रायल रन मात्र हो, यसको प्रतिवेदनका आधारमा रुट कायम हुन्छ,’ नेपालका तर्फबाट टोलीमा सहभागी परराष्ट्र मन्त्रालयकी उपसचिब रोशन खनालले भनिन्, ‘भुटानको संसद्बाट अनुमोदन भएपछि मात्र सञ्चालनमा आउनेछ । सम्पूर्ण प्रक्रिया सकिन झण्डै ६ महिना लाग्न सक्छ ।’ यसरी सवारीसाधन सञ्चालन गर्न भारत, भुटान, बंगलादेश र नेपाल सरकारले संयुक्त रुपमा पहल गरेको टोलीमा सहभागी नेपाली प्रतिनिधि गोविन्द खरेलले बताए । ‘तीनवटा मुलुकले सहमतिमा हस्ताक्षर गरिसकेपछि तीनवटै देशको संसद्बाट अनुमोदन पनि भइसकेको छ,’ उनले भने, ‘भुटानले चाहिँ अनुमोदन गर्न केही प्रक्रिया बाँकी छ तर, भुटानले परीक्षण यात्राका लागि शुभेच्छा दिएको छ, पत्र पनि लेखेको छ ।’ यसरी बस सेवा सञ्चालन भएपछि चारवटै मुलुकका नागरिक सहज रुपमा आवतजावत गर्न, अध्ययन गर्न, विवाहबारी कार्यक्रममा सहभागी हुन, तीर्थयात्रा गर्न सक्ने उनले बताए । परीक्षण यात्रा आनन्दित भएको उनले सुनाए ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...