मोबाइल धेरै चलाउनुहुन्छ ? हुनसक्छ यस्तो खतरा

7.07K
shares

काठमाडौं । मोबाइलको प्रयोगले सुविधासँगै समस्या पनि निम्त्याएको छ । मोबाइल सेटबाट निस्कने रेडिएसनले स्वास्थ्यलाई असर पुर्‍याइरहेको वैज्ञानिकहरूको निष्कर्ष छ । यस्तो असरबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा कैयौं अध्ययन र अनुसन्धान भएका छन् । तर, स्पष्ट जवाफ अझैं आएको छैन ।

मोबाइलको रेडिएसन एक्स–रे र पराबैजनी विकिरणको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र पराबैजनी विकिरणले हाम्रो डिएनएमा भएका रासायनिक बन्डलाई फुटाउने क्षमता राख्दछन् । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार मोबाइलबाट निस्कने विकिरणले हाम्रो डिएनएमै परिवर्तन ल्याउनचाहिँ सक्दैन । त्यसैले मोबाइलबाट निस्कने विकिरणले क्यान्सरजस्तो रोग उत्पन्न गराउँदछ भनिहाल्न मिल्दैन ।

तर, कुन फोनबाट कति रेडिएसन निस्कन्छ भनेर पत्ता लगाउन एसआरको मापदण्ड बनाइएको छ । यसको आधारमा मानव शरीरमा पर्ने असरबारे थाहा पाउन सकिन्छ । विश्वभर मोबाइलको प्रयोग र क्यान्सरको सम्बन्धमा अनुसन्धानहरू भइरहेका छन् । यसमा विभिन्न खाले मत आउने गर्दछ । केही अध्ययनले मोबाइल फोनले उत्सर्जित गर्ने रेडियो फ्रिक्वेन्सी र निश्चित स्वास्थ्य समस्या, विशेष ब्रेन ट्युमरबीच सम्बन्ध नपाइएको बताएका छन् भने केही अध्ययनले सीधा सम्बन्ध रहेको बताउँछन् ।