ढुक्क हुनुस्, आज पनि देशभर बत्ती काटिँदैन : ‘प्राधिकरण’

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजको लक्ष्मीपुजाको दिनका लागि आवश्यक सबै तयारी सकाएको छ । देशभर कतै लाइट नकाटिने वातावरण बनाउन प्राधिकरणका कार्यकारी निर्देशसहित उच्च अधिकारीको टोली अहिले काठमाडौंमा विभिन्न वितरण केन्द्र र सबस्टेसनहरुको निरीक्षणमा निस्किएको छ ।

प्राधिकरणले समग्र तिहारमा विजुलीको कुनै अभाव नहुने बताएको छ । अधिकारीले तिहारको लक्ष्मी पुजाका दिनमा पिक डिमान्ड हुनेभन्दा बढी विजुली उपलब्ध रहेको बताए । ‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं,’ उनले भने,’विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन ।’

उनले कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक लोडका कारण विजुली काट्नु पर्ने अवस्था नरहेको आश्वास्त पारे । यो वर्ष तिहारमा १ हजार २७० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राधिकरणले १३५० मेगावाटसम्म पनि विजुलीको माग धान्न गाह्रो नपर्ने बताएको छ ।

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाका दिन बेलुकी कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी गरेको छ । लक्ष्मी पुजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाएएको छ । वर्षमै सबैभन्दा बढी बिजुलीको माग यसै दिनमा हुन्छ । त्यसैले यस्तो महत्वपूर्ण दिनमा कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न प्राधिकरणले सबै तयारी पुरा गरेको छ ।

गत वर्ष पनि लक्ष्मी पुजाका दिनमा प्राधिकरणले कतै पनि बत्ती नकाटिने गरी लोड व्यवस्थापन गरेको थियो । भुक्तपुरमा भने ट्रान्सर्फमर जलेर समसया भएको थियो । प्राधिकरण स्रोतका अनुसार तिहार अघि नै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत सकाएको छ । कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिम तयारी अवस्थामा राखिएको छ । यस्तोे टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा पनि ठूलो मात्रामा बिजुलीको माग हुन्छ । काठमाडौमा स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिएको छ ।

२०७३ सालमाको लक्ष्मी पुजामा स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर उपत्यका लोडसेडिङ नगर्ने परीक्षण गरेका प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ गत वर्ष पनि त्यहीँ बसेर लोड व्यवस्थापनको काम गरेका थिए ।

प्राधिकरणले देशभर लाइन नकाट्न लक्ष्मी पुजाका दिनमा हेटौंडामा रहेको डिजेल प्लान्ट पनि चलाउने गरेको छ । यो १४ मेगावाट क्षमताको प्लान्ट हो ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...