ओलीले दुई तिहाइको महत्व बुझेनन्, सरकार असफल भयो : डा.महत

२०७५ कात्तिक २१ बुधवार
1K
shares
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन्।
बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढी गफ गरिरहेको आरोप लगाए। उनले भने, ‘गफ गरेर समृद्धि आउँछरु समृद्धि हाँसिल गर्नको लागि त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं।
वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र शान्ति, सुरक्षा कायम गर्न नसकेको भन्दै उनले सरकार असफल भएको जिकिर गरे। उनले भने, ‘ओली सरकारले दुई तिहाइको महत्व बुझ्न सकेन। सरकारकै कारण मुलुकमा लगानीको वातावरण बनेको छैन।
उनले आगामी दिनमा आफ्नो पार्टी एक ढिक्का भएर मुलुक र जनताको हितमा लाग्ने विश्वास दिलाए। उनले भने,‘कांग्रेसले काम गरेर जनताको मन जित्छ। समृद्धि कसरी आउँछ भन्ने कुरा हामीलाई थाहा छ।

२०७५ कात्तिक २१ बुधवार