निर्मलाका अभिभावक अनिश्चितकालीन धर्नामा
वि.सं.२०७५ कात्तिक २५ आइतवार १५:०२
shares

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले आजदेखि अनिश्चितकालीन धर्ना शुरु गरेका छन् । घटना भएको साढे तीन महिना भइसक्दा पनि दोषी पत्ता नलागेपछि अधिकारकर्मी र नागरिक समाजसहितको समर्थनमा उनीहरुले धर्ना थालेका हुन् ।
आइतबारदेखि निर्मलाका बुवाआमा, घरपरिवारका सदस्यसहित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । धर्नामा दुर्गादेवी पन्त र लक्ष्मीदेवी पन्तसमेत सहभागी छन्।
धर्नामा बस्नु अघि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा ¥यालीसहित प्रदर्शन गरिएको थियो। महेन्द्रनगरको मुख्य बजार चोक मदन चोकमा भेला भइ स्थानिय महिला अधिकारकर्मी, निर्मलाका आमाबुवा, बिद्यार्थीहरुले ¥यालीसहित प्रदर्शन गरेका हुन्। मदक चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै जिल्ला प्रशासन अगाडि गएर समापन भएको थियो।
र्यालीका क्रममा सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राजीनामाको माग समेत गरे । उनीहरुले ‘सिधा कुरा जनतासँग बलात्कारी सरकारसँग’ ‘निर्मला पन्तको हत्या सार्वजनिक गर नत्र गृहमन्त्रीले राजीनामा देउ’, ‘प्रधानमन्त्री हत्यारा लुकाउन पाइँदैन’, नेताको सिको सिकेछ प्रहरी पनि बिकेछ’ लगायतका चर्का नारा लगाइएको थियो ।रासस
































