रामेछापको भिरपानीमा बस दुर्घटना २ जना घाइते
वि.सं.२०७५ कात्तिक २५ आइतवार १५:३६
7.35K
shares
shares

रामेछाप । रामेछाप जिल्ला खाँडादेवि गाउँपालिका वडा नम्बर ३ भिरपानीमा आज विहान बस दुर्घटना भएको छ । रामेछाप दोरम्बाबाट काठमाण्डौ जाँदै गरेको बा २ ख ६५८१ नम्बरको यात्रु बस भिरपानीमा दुर्घटना हुँदा २ जना घाइते भएका छन ।

घाइते हुनेहरुमा खाँडादेवि गाउँपालिका वडा नम्बर ६ माकादुमका वर्ष २१ का श्याम खत्री र दोरम्बा गाउँपालिका वडा नम्बर ७ का वर्ष ७ का रेजिना घतानी सामान्य घाइते भएका छन । उनिहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । बस ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । प्रहरीका अनुसार बसमा ४० जना यात्रु सवारी थिए । सबै यात्रुहरु सकुशल रहेका छन ।
































