संयुक्त राष्ट्र संघकी उप–महासचिव ‘अमिना जे’ नेपाल आउँदै
वि.सं.२०७५ कात्तिक २७ मंगलवार १४:०८
12.52K
shares
shares

काठमाडौँ । संयुक्त राष्ट्र संघकी उप–महासचिव अमिना जे मोहम्मद नेपाल आउने भएकी छन् । उनी उच्च तहको छलफल तथा शिक्षाका लागि विश्व अभियान सम्मेलनमा भाग लिन कार्तिक २९ गते नेपाल आउन लागेकी हुन् ।
२४ घण्टे नेपाल बसाइँको क्रममा उनले यहाँ आयोजना हुने विभिन्न उच्च तहको छलफलमा सहभागिता जनाउने छिन् । उनको भ्रमणको कार्यतालिकालाई संयुक्त राष्ट्र संघको नेपाल स्थित कार्यालयले गोप्य नै राखेको छ । उनी कार्तिक ३० गते फर्किने छिन् ।
अमिना नाइजेरियाकी पूर्व वातावरण मन्त्रीसमेत हुन् । उनले २०१५ मा विकास योजनाका लागि पूर्व महासचिव बान९की९मुनको विशेष सल्लाहकारको रुपमा समेत काम गरेकी थिइन् ।














