सवारी साधनको लाइसेन्स आवेदन मंसिर ७ गतेदेखि खुल्ला, स्मार्ट लाइसेन्स पुन : छाप्दै मालिका

8.55K
shares

काठमाडौं । दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ।

मंसिर ७ गते १० बजेबाट अनलाइन फाराम खुल्ला गरिने यातयात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए। खनालका अनुसार दशैं अघिबाट अनलाइन फाराम रोकिएको भए पनि रिट्रायल लगायतका कामहरु भने भइरहेका छन्। काठमाडौं उपत्यकामा भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्‍याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत अनलाइन आवेदन भर्न सकिने छ। चार वटै कार्यालयबाट, बाइक, स्कुटर र काररजीपका लागि आवेदन दिन सकिने छ।

अनलाइन आवेदन विभागको वेबसाइटमा गएर अप्लाइ गर्न सकिन्छ। यातायात व्यवस्था विभागले देशैभर लाइसेन्सको फारामका लागि अनलाइन अनिवार्य गरिसकेको छ। परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएको भए पनि वर्ष दिन कुर्नुपर्ने बाध्यता भने हट्न सकेको छैन। करिब ६ लाखले ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन सकेका छैनन्।

यातायात व्यवस्था विभागले उक्त ब्याकलक हटाउनका लागि निजी कम्पनी मालिका इन्कर्पोरेशनलार्इ ६ लाख कार्ड ४५ दिनमा छापिसक्न जिम्मा दिएको छ। मालिकाका प्रबन्ध निर्देशक सुरेन ढकालले ५० हजार लाइसेन्स छापिसकेको जानकारी दिए।

उनले केहि प्राविधिक समस्या आएकाले लाइसेन्स छपाइ रोकिए पनि समस्या हल भएकाले आजदेखि पुनः छपाई सुरु हुने बताए। अहिले दैनिक २० हजारसम्म लाइसेन्स छपाई हुने मालिकाको दाबी छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083