काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्यो
वि.सं.२०७५ मंसिर ५ बुधवार १७:१६
shares

काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकामा मङ्गलबार आठ र आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम रहेको छ।
लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। ‘सिजनल इफेक्ट(Iमौसमी प्रभाव)ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो। तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उनले भने। मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ।
पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ। अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ।




















