म्यानमारकी ‘आंङ सांङ सुकी’ यसै साता नेपाल आउँदै
वि.सं.२०७५ मंसिर १० सोमवार १४:३२
6.18K
shares
shares

काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङं साङ सुकी यसै साता नेपाल आउने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् । परराष्ट्रमन्त्रालयका अनुसार सुकी यही मंसिर १३ गते नेपाल आउने तय भएको छ ।
उनले १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यसूचि तय भएको परराष्ट्रले जनाएको छ । उनी यही १४ गतेदेखि काठमाडौमा हुन लागेको एसिया प्रशान्त सम्मेलन–२०१८ मा पनि सहभागि हुने जनाउने बताइएको छ ।






























