सेनामा भर्ना खुल्यो, ३८ सय जनालाई जागिरको अवसर

7.87K
shares

काठमाडौं । नेपाली सेनामा ३ हजार ८ सय जनाका लागि विज्ञापन खुलेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि कपाल काट्नेसम्मका पदहरुका लागि विज्ञापन खुलेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन (ब्रास ब्याण्ड) बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा भर्ना खुलेको जानकारी दिएको हो ।

उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ । त्यस्तै पूर्वी पृतना इटहरी, नम्बर २ बाहिनी धनकुटा, मध्यपूर्वी पृतना धनुषा, नम्बर २८ बाहिनी बारा, मध्यपृतना मकवानपुर, नम्बर ९ बाहिनी सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पश्चिम पृतना पोखरा, नम्बर २३ बाहिनी बागलुङ, मध्यपश्चिम पृतना रुपन्देही, नम्बर ४ बाहिनी नेपालगञ्ज, नम्बर १९ बाहिनी दाङ, उत्तरपश्चिम पृतना सुर्खेत, नम्बर २४ बाहिनी जुम्ला, सुदूरपश्चिम पृतना दिपायल र नम्बर ५ बाहिनी कैलालीमा दरखास्त दिन सकिन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083