महोत्सवको आर्कषण ‘३५ किलोको खुकुरी’

5.55K
shares

वामी । बाग्लुङ्गको एक महोत्सवमा नेपालकै ठूलो खुकुरी प्रर्दशन गरिएको छ । प्रथम बडिगाड महोत्सव तथा न्वागी मेलाको अवसरमा ढोरपाटन नगरपालिका १ बुतिवाङ्गका बुतिवाङ्ग आरन व्यवसायी सेवा मार्फत व्यवसाय गदै आएका मन बहादुर सिपालीले प्रथम बडिगाड महोत्सव तथा न्वागी मेलामा उक्क्त ३५ किलोग्रामको खुकुरी प्रर्दशनमा लिएर आएको आरन व्यवसायी तथा खुकुरी कालिगढ सिर्पालीले बताए ।

साथै सिर्पालीले भने आफुले निर्माण गरेको खुकुरी ३५ केजी रहेको र खुकुरी नेपालमै सबैभन्दा ठूलो भएको दावी गरे । साथै उक्त खुकुरीको बजारमूल्य भने ९९ हजार,९ सय,९९ रुपैया निर्धारण गरिएको छ । महोत्सवमा आउने प्राय सबै मानिसहरुले खुकुरीलाई राम्रोसँग निहालेर अवलोकन गरे केही युवाहरुले त बल्लतल्ल उचाल्ने गरेका थिए ।

उक्क्त खुकुरीलाई ८ दिन लगाए निर्माण गरिएको खुकुरी कालिगढ सिर्पालीले बताउदै अव आउँदो माघभित्र झनै ठूलो ४०केजी भन्दा पनि अझ ठूलो खुकुरी निर्माण गर्ने र त्यसको बजार मूल्य भने १ लाख,११ हजार, १सय,११ रुपैया रहने समेत बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083