पेट्रोल पम्प कारवाहीमा

8.13K
shares

वीरगञ्ज । उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको अभियोगमा बारा, कलैयाका चारवटा पेट्रोल पम्पलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले कारवाही गरेको छ ।

सो कार्यालयले केही दिनअघि स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुगमनबाट बारा जिल्लाको कलैया उपमहानगरपालिका भित्र सञ्चानमा रहेका पेट्रोल पम्पहरुमा अनुगमन गरेपछि चार वटा पेट्रोल पम्पले उपभोक्ता ठग्दै आएको फेला परेको क्षेत्रीय प्रमुख शशीभूषण यादवले बताए ।

कारवाहीमा परेका पेट्रोल पम्पहरु कलैया उपमहानगरपालिका–१ का अमित आयल स्टोर वडा नं। १३ का विजय आयल स्टोर, वडा नं। १४ का महम्द आयल स्टोर र शिवशङ्कर ट्रेडर्स रहेका छन । ती पम्पहरुले मिटर बिगारेर उपभोक्ता ठग्ने, कम तेल दिने गरेको पाइएकाले कारवाही गरिएको बताइएको छ । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083