राजधानीको एनएसी अगाडि गाडी चड्न बसेको भीडलाई कारले ठक्कर दियो, १३ घाइते
वि.सं.२०७५ मंसिर १४ शुक्रवार १०:३७
4.58K
shares
shares

काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी) को न्यूरोडस्थित कार्यालय अगाडि बा १८ च ४८७३ नम्बरको निजी कारले ठक्कर दिँदा १३ यात्रु घाइते भएका छन् । बिहिबार साँझ एनएसी अगाडि बस चढ्न पालो पर्खिएर बसेका यात्रुलाई कार्यालयभित्रबाट एक्कासि हुत्तिएर आएको कारले ठक्कर दिएको थियो ।
घाइते हुनेमा एक फिलिपिन्सी नागरिक र बालबालिकासमेत रहेका छन् । प्रहरीले घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको बताएको छ ।















