सुन्दर काम गर्न प्रहरी लागिपरेको छ : आईजिपी खनाल
वि.सं.२०७५ मंसिर १७ सोमवार ११:०७
4.89K
shares
shares

धादिङ । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले सुन्दर काम गरेर जनतासँग हातेमालो गर्न प्रहरी संगठन लागिपरेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको आज उद्घाटन गर्दै उनले सुन्दर भवन जस्तै सुन्दर काम गर्न लागेको प्रहरीलाई सहयोग गर्न सबैलाई आग्रह गरे।
विगतमा प्रहरीबाट भएका गल्ती कमजोरीहरु अबका दिनमा नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको ठूलो सम्पत्ति नागरिकले प्रकट गर्ने सम्मान भएकाले नयाँ कार्यक्रम ल्याइएको बताए।
उनले अपराधी र गुण्डासँग बेलुकाको खानाखाजा खाने बहानामा नबिक्न निर्देशन गरे। जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले प्रहरीको सेवालाई चुस्त पार्न आग्रह गर्दै समुदाय प्रहरी मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।




























