राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना भन्छन् ‘देश बनाउने काम तीन तहका सरकारको हो’

5.03K
shares

सिन्धुपाल्चोक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश विकासका लागि तीन तहका सरकार र राजनीतिकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्दै अध्यक्ष तिमिल्सिनाले तीन तहका सरकार र राजनीतिकर्मीको अगुवाइमा सबै मिलेर समृद्ध राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिए।

आफ्नो जिम्मेवारीअनुसार काम गरे देश समृद्ध पार्न धेरै समय नलाग्ने उनको भनाइ थियो। सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ३ कालिकामा भूकम्पले भत्काएको निजी आवास पुनःनिर्माणपछि आज आयोजित घर हस्तान्तरण कार्यक्रममा उहाँले देश निर्माणको अभियान अगाडि बढाउनुपर्ने बताए।

कारितास नेपाल नामक संस्थाले सरकारसँगको समन्वयमा यहाँका स्थानीयको ६५३ घर निर्माण सम्पन्न गरेपछि घर हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विगतमा राजनीतिक अस्थिरताले विकास गर्न नसकेको भए पनि अहिले राजनीतिक स्थिरतासँगै विकासले गति लिएको बताए।

उनले कतिपय ठाउँमा भूकम्पपीडितले दोस्रो किस्ता लिन नसकिरहेका बेला यहाँ नयाँ घर निर्माण गरी उनीहरु नयाँ घरमा स्थानान्तरण हुनु सुखद भएको भन्दै अन्य क्षेत्रमा पनि यसैगरी काम गर्नुपर्नेमा जोड दिए। घर निर्माण हुन नसकेको विषयमा काठमाडौँ पुगेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाउँदै उनले भूकम्पपीडितको समस्यामा गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराए।

प्राकृतिक स्रोत साधनको समुचीत प्रयोग गर्न सके नेपालको विकास सम्भव भएको उनले उल्लेख गरे। ऊर्जा, कृषि, उद्योगधन्दा र कलकारखाना र पर्यटनको विकास गर्नसके नेपाल समृद्ध हुने भनाइ उनको थियो। उनले चाहना हुने हो भने हामी आफैँले नै देश विकास गर्न सकिने बताउँदै गाउँको विकासका लागि आवश्यक योजना अघि सारेको बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083