वेपत्ताको सूचिमा रहेका १९ जना घर फिर्ता (नामावलीसहित)

9.32K
shares

काठमाडौं । द्वन्द्वकालमा वेपत्ता पारिएका व्यक्तिहरुमध्ये १९ जना घर फिर्ता भएका छन् । वेपत्ता छानबीन आयोगलाई उद्धृत गर्दै आयोगको अनुसन्धानको क्रममा बेपता सूचीमा परेका व्यक्ति जीवितै फिर्ता भएका हुन् । आयोगले दुई महिनाभित्र प्रतिवेदन बुझाउने जनाएको छ ।

दोस्रोपल्ट थपिएको म्याद पनि आगामी माघ २६ गते समाप्त हुँदैछ । आयोग २०७१ माघमा गठन भएको थियो

को को भएछन् त फिर्ता ?

कञ्चनपुर
१) कृष्णप्रसाद दुलाल
२) देवेन्द्रसिंह कुँवर
३) धनबहादुर दाहाल

नुवाकोट
१) लक्षण भट्ट
२) सन्त कुमारी तामाङ

बर्दिया
१) धनबहादुर खड्का
२) अशोक शर्मा,

महोत्तरी
१) गंगा मण्डल,

चितवन
१) गंगाधर तिम्सिना

ओखलढुंगा
१) गोपी भट्टराई

इलाम
१) कुमार विक

झापा
१) सोमनाथ खनाल

धनुषा
१) हरिदेव कुसियत

डडेलधुरा

१) कालुसिंह ठगुन्ना,

ललितपुर

१) राजकुमार रानामगर

नवलपरासी

१) केशव उपाध्याय,

सल्यान

१) महालमान बस्नेत

२) धनबहादुर दमाई

कैलाली

१) हेमराज जोशी

आयोगले बेपत्ता पीडितबाट प्राप्त भएका उजुरीमध्ये दुई हजार, पाँच सय २० वटालाई विस्तृत अनुसन्धान लैजाने निर्णय गरेको थियो । आयोगका सदस्य प्राडा विष्णु पाठकका अनुसार अहिले ५६ जिल्लाका एक हजार नौ सय दुई उजुरीको प्रारम्भिक अनुसन्धान गरेको छ । ‘पुस १५ सम्म ६५ जिल्लाको विस्तृत अनुसन्धान सकेर हामीले पीडितलाई परिपूरण, पीडकलाई कारबाही सहितको प्रतिवेदन बुझाउने छौं’, अध्यक्ष मल्लिकले भने ।

उनले पीडितलाई परिचयपत्र पनि दिलाइने जानकारी दिए । पीडितसँगको बयानका आधारमा पीडक स्पष्ट भइसकेकाले पनि उनीहरूलाई अब बयान लिने तयारी गरेको उनले बताए । ‘पीडक राज्य पक्ष र विद्रोही पक्षका पनि छन् । बयान लिन थालेपछि स्थिति बिग्रिन्छ कि भन्ने हामीलाई चिन्ता पैदा भएको छ’, उनले भने ।

आयोगलाई भने परिपूरणका लागि तथा कारबाहीका लागि सिफारिस गर्न ऐन नियमको समस्या छ । बेपत्ता पार्ने कार्यलाई अपराधीकरण गर्ने कार्यलाई अपराधीकरण गर्ने ऐन निर्माणका लागि त्यसको मस्यौदा ०७२ माघमा सरकारलाई बुझाएको थियो, तर ऐनको रूपमा अझै आउन सकेको छैन ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083