प्रचण्डकी बुहारी मन्त्री बिनाले गरिन् छलकपट, मेलम्चीको पानी काठमाडौंमा नआउने
वि.सं.२०७५ मंसिर १९ बुधवार १४:४९
shares

काठमाडौं । खानेपानीमन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौंमा नआउने भएको छ। खानेपानी मंत्री नेकपाका अध्यक्ष प्रचण्डकी बुहारी छिन। प्रतिनिधिसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलको स्थलगत अनुगमन गरी ६० दिनमा मेलम्चीको पानी आउने संभावना नरहेको ठहर गरेको हो।
सतही व्याख्या र अनुमानभन्दा निर्माण प्रक्रिया भिन्न भएको भन्दै समितिले गरेको स्थलगत अध्ययनको क्रममा तत्काल मेलम्चीको पानी काठमाडौं आउने संभावना नदेखिएको समितिकी सदस्य सांसद दील कुमारी रावल थापा बताइन् । गत आईतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्लद्र कुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका थिए।
उनले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंका घर९घरमा पानी पुर्याउने दाबी गरेका थिए। त्यसैगरी २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले दसैं अगाडि नै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेकी थिइन्। मन्त्री र सचिवले आ९आफ्ना मिति घोषणा गरेपनि आयोजना निर्माणको वास्तविकता भने भिन्न छ।
अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फिनिसिङ, २ वटा भेन्टीलेसन साइट निर्माण, ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्वीपमेन्ट जडानलगायतका काम बाँकी रहेको देखिएको थियो। बाँकी रहेको काम कम्तीमा मार्च २०१९ अर्थात् २०७५ चैत सम्ममा सक्ने लक्ष्य आयोजनाले लिएको छ।




























