चार देशकालागि सिफासिर राजदूतको सुनुवाई आइतबार

4.55K
shares

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका ४ देशका राजदूतको सुनुवाई मंसीर २३ गते आइतबार गर्ने भएको छ। समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदूत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यसँग आगामी आइतबार २३ गते बिहान ११ बजे सुनुवाई गर्ने निर्णय गरेको हो।

आगामी आइतबार सरकारले प्रस्ताव गरेका राजदूतहरुसँग सुनुवाई गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। त्यसैगरी समितिको बैठकले शुक्रबार उजुरीकर्तासँग र पूर्व राजदूतहरुसँग राजदूतको योग्यता र क्षमताका सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको छ।

एक जना उजुरीकर्ताको उजुरी समितिमा परेकाले शुक्रबार नै सो उजुरीका सम्बन्धमा पनि छलफल गर्न लागिएको समितिका सभापति कर्णले बताए। राष्ट्रको मर्यादा समेत राख्नुपर्ने भएकाले राजदूतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदूतहरुसँग पनि छलफल गर्ने निर्णय गरिएको पनि समितिले जनाएको छ।

सरकारले सिफारिस गरेका चार राजदूतको उमेर हदमाथि प्रश्न उठाउँदै एक जनाको उजुरी परेको छ। राजदूत नियुक्तिका लागि कम्तिमा ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेमा अन्यथा भएको उजुरीमा उल्लेख गरिएको छ। संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेका राजदूतहरुको योग्यता, क्षमता र कार्ययोजनाबारे सुनवाई गरेपछि सो सिफारिस अनुमोदन गर्ने\नगर्ने निर्णय लिने संवैधानिक व्यवस्था छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083