उर्जा सचिव ‘उपाध्याय’ले किन दिए अचानक राजीनामा ?
वि.सं.२०७५ मंसिर २० बिहीवार १५:४५
8.55K
shares
shares

काठमाडौं । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले अचानक रुपमा पदबाट राजीनामा दिएका छन् । अवकास पाउन केही महिना मात्र बाँकी रहेका उनले राजीनामा दिएका हुन् । उनले आगामी फागुनमा अवकास पाउँदै थिए ।
उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिष्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया शुरु गरिसकेको छ ।
उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए । लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो । उनी सञ्चालक समितिको अध्यक्षमा रुपमा रहेर प्राधिकरणलाई नाफामा लैजान र उचित तबरले व्यवस्थापन गर्न सफल भएका थिए ।































