पूर्व गोर्खा सैनिकद्धारा राजनीतिक अधिकारको प्रत्याभूति गर्न माग
वि.सं.२०७५ मंसिर २१ शुक्रवार १७:१६
shares

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकले आफूहरु नेपाली नै भएकाले आफूहरुको पनि राजनीतिक अधिकारको प्रत्याभूति हुनुपर्नेमा माग गरेका छन्। प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा गोर्खा भूतपूर्व सैनिक संघ गेसोका अध्यक्ष कृष्णकुमार राईले आफूहरु कामका लागि मात्रै बेलायत बसेको भन्दै नेपाली नागरिकको हैसियतले राजनीतिक अधिकारको प्रत्याभूति गरिनुपर्ने बताएका हुन्।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल चलिरहेका बेला गोर्खा सैनीकहरुले आफूहरुलाई सामाजिक, धार्मिक लगायत राजनीतिक अधिकारबाट बञ्चित गर्न नमिल्ने धारणा राखेका हुन्। बेलायतमा कामका लागि मात्रै बसेको भन्दै उनीहरुले काम गर्नका लागि मात्रै त्यहा बाट पाएको अनुमति आज्ञालाई आधार बनाएर आम नेपालीले पाउने अधिकार बाट बञ्चित गर्न नमिलने तर्क गरे।
समिति सदस्यहरुले भने नेपाली नागरिकता नत्याएकाहरुको सवालमा सबै अधिकार प्राप्त हुने भएकाले गेसोको हक अधिकारको बारेमा मात्रै छलफल गरिरहनु नपर्ने तर्क गरे। उनीहरुले दोहोरो अधिकार खोज्न नहुने भन्दै नेपालमा राजनीतिक अधिकार खोज्ने भए बेलायतको नागरिकता त्याग्न आग्रह गरे। नेपालको संविधानले गैह आवासीय नेपालीका हकमा नेपालको राजनीतिक अधिकार बाहेकका अधिकारको प्रत्याभुति गरेको छ।




























