सरकार छोड्दै ‘उपेन्द्र यादव’, आकस्मिक बोलाए पार्टीको बैठक 

3.68K
shares

काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले सरकार छोड्ने अन्तिम तयारी थालेको छ । सूत्रहरुले दिएको जानकारी अनुसार पछिल्लो समय प्रधानमन्त्री ओली र उपप्रधानमन्त्रीसमेत रहेका फोरम अध्यक्ष उपेन्द्र यादवबीच भनाभन नै भएको छ ।

यादवले संविधान संशोधन प्रक्रिया अघि बढाउनको लागि प्रधानमन्त्रीले आलटाल गरिरहेको भन्दै सार्वजनिक रुपमै आफ्नो असन्तुष्टि पोख्दै आएका थिए । पछिल्लो समय एशिया प्यासिफिक समिटलाई लिएर मन्त्रिपरिषद बैठकमा मन्त्री यादवले प्रधानमन्त्री ओलीलाई विवादित समिटमा किन सहभागी भएको भनेर प्रश्न गरेका थिए । एक जना मन्त्रीका अनुसार उक्त बैठकमा प्रधानमन्त्री ओली र यादवबीच निकै ठूलो स्वरमा चर्काचर्की नै भएको थियो ।

यस अघि मन्त्री यादवले संविधान संशोधन गर्न सरकारले ढिलाई गरे आफ्नो पार्टी सरकारबाट बाहिरिने पनि चेतावनी दिएका थिए । पार्टीबाट पनि यादवलाई तत्काल संविधान संशोधन प्रक्रिया नबढे सरकारबाट बाहिरिन दबाब आएको छ । यही विषयमा निर्णय लिनको लागि यादवले भोलि पार्टीको केन्द्रिय किमिटी बैठक डाकेका छन् ।


Mitsubishi Long Ad