वाइडबडी खरिदको छानबिन गर्न लेखाद्धारा उपसमिति गठन

5.97K
shares

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ ।

समितिको बुधबार बसेको बैठकले नेपाली कांग्रेस सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो । उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

यसअघि वाइडबडी खरिदबारे छानबिन गर्न संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली कांग्रेसका सा‌ंसद प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083