‘ललिता निवास’ क्याम्प जग्गाको अनर्गल प्रचार गरिएको भन्दै जग्गाधनीद्धारा आपत्ति
वि.सं.२०७५ मंसिर २६ बुधवार १७:२६
shares

काठमाडौं । काठमाडौं बालुवाटारस्थित् ललिता निवासको जग्गा आफूहरुले सुवर्ण शमशेर र कान्चन शमशेरका हकदारहरु क्रमशः रुक्मशमशेर जबरा, शैलेजा राणा, सुनिती राणा, हाटकशमशेर जबरा र हेमन शमशेर जबराबाट किनेको उक्त जग्गा धनीमध्येका एक रामकुमार सुवेदीले स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर जग्गाधनीमध्येका एक सुवेदीले यस्तो स्पष्ट पारेका हुन्।
केही समय यता उक्त जग्गाबारे कानुन व्यवसायी युवराज कोइरालाले कपोल्कल्पित, भ्रमपूर्ण र आफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखेर काुननी व्याख्या गरि÷गराई गरेको सुवेदीले उल्टै आरोप लगाएका छन् । उनले भने, ‘उहाँ कानुन व्यवसायी कोइरालाजीले साविकदेखिनै सुवर्णशमशेर र कान्चन शमशेरका हकदारहरुको कानुन व्यवसायी भई यो जग्गा सम्बन्धमा मुद्दा हेर्ने, बहस पैरवी गर्ने, र दर्ता बाँकी रहेका केही जग्गा निज राणाहरुकै नाममा जुन दर्ता गराउन आफ्नै स्वहस्ताले निवेदनहरु लेखि जग्गा दर्ता, हाल साविकसमेत गराउँदै आएका छन् ।
त्यस्तै सुवेदीले युवराज कोइराला सुरुवातदेखि नै राणाजीहरुको कानून व्यवसायीको रुपमा काम गरेको सुनाए। उनले भने, ‘युवराज कोइरालजीले राणाजीहरुको तर्फबाट मोही निश्काषनको लागि सर्वोच्च अदालतसम्म मुद्दापनि लड्नुभएको हो। र, मोही निश्कासन नभएको हुँदा उहाँले राणाहरुको जग्गा बेच्ने जिम्मा लिई जग्गा किन्ने व्यक्तिहरुलाई भेटेर राणाकहाँ पुर्याउने कामपनि गरेको कुरा जगजाहेर छ । उनले यतिमात्रै होईन, जग्गा किन्ने व्यक्तिहरुलाई राणाजीहरुलाई भेटाउनको लागि भारतको कोलकत्तासम्म पुर्याउनुभएकै हो ।




























