शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन आग्रह

4.41K
shares

रुपन्देही । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री बरालले कागजका पाठ्यपुस्तक परिवर्तन गरी डिजिटल प्रणालीमा जानुपर्ने बताए ।

मुलुकमा प्रविधिको विकास बढ्दै गएकाले विद्यालयका पाठ्यपुस्तक अब कागजमा मात्रै सीमित हुन नहुने बताए । उनले पुरानो शिक्षा प्रणालीलाई परिवर्तन गरी शैक्षिक गतिविधि सुदृढ गर्न सबैको सहकार्य जरुरी रहेको बताए । कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष हरि अर्यालले सरकारले आफ्ना योजना र कार्यक्रम सञ्चालन गर्दा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताए ।

कार्यक्रममा महासङ्घका संस्थापक अध्यक्ष कृष्ण पाण्डे, केन्द्रीय सदस्य सदीक्षा केसी, प्रदेश संयोजक दिवाकर घिमिरे, व्यवसायी टङ्क पोखरेल, त्रिलोचन ज्ञवाली, खिमनारायण पराजुलीले शैक्षिक क्षेत्रको विकासका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083