महासमितिबाट एकताको सन्देश दिन आवश्यक छ : विश्वप्रकाश शर्मा

4.54K
shares

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकता सहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताएका छन्। शनिबारदेखि राजधानीमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरी एकतासहितको देश बनाउने प्रतिवद्धताको सन्देश दिन सक्नुपर्ने बताएका हुन्।

महासमितिले दिने सन्देशबारे मुलुकभर चासो भएको भन्दै उनले सबै क्षेत्र, वर्ग र सरोकारलाई सम्बोधन गर्न सक्नुपर्ने उल्लेख गरे। उनले महासमतिको बैठकबाट देश बनाउने सपना साकार पार्न सक्छौं भन्ने प्रतिवद्धता सहित १५ वर्ष भित्र लगातार तीन वटा निर्वाचन जितेर मुलुकलाई सम्वृद्ध बनाउछौ भनी संकल्प गर्नुपर्ने आवश्यकता औंल्याए।

पुराना कार्यकर्ता, माओवादीबाट मारिएका परिवार, वैदेशिक रोजगारीमा रहेका कांग्रेसका शुभचिन्तक, सरकारको व्यवहारबाट असन्तुष्ट सत्तारुढ दलकै कार्यकर्ता ,मधेसी, जनजाती लगायत सबैलाई आशा पलाउने गरी महासमिति बैठकले संदेश दिनुपर्नेमा उनले जोड दिए।
‘सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिष्ट पार्टीलाई मत दिएका हजारौं नेपालीले सरकार पनि भेटिएन भनी प्रतिक्षा गरिरहेका र न्यायको पर्खाईमा बसेका नेपाली चेलीहरुका लागि कांग्रेसले महासमिति बैठक मार्फत सकारात्मक संदेश दिन सक्नुपर्ने तर्क उनको थियो।

उनले ‘मैले जवाफ दियो भने बुद्धीजीवी थला पर्छन् भन्ने प्रधानमन्त्रीलाई’ जवाफ दिन सक्ने सन्देश महासमितिले दिनुपर्नेमा उनले जोड दिए। उनले नेपाली कांग्रेसले कार्लमाक्सले छोडेर गएको दर्शन नभई जननेता विपीले छोडेर गएको लोकतान्त्रिक समाजवादमा विश्वास गर्ने र त्यही विश्वासको माध्यमबाट देशलाई वदल्ने सामर्थ राख्ने बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083