सरकारले लिएको नीति सही भएको परिवार दलको निष्कर्ष

6.02K
shares

काठमाडौं । नेपाल परिवार दलले सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ। सो पार्टीको आइतबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सरकारको अभियानलाई सहयोग गर्ने निर्णय गरेको हो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको बाटो सही रहेको ठहर गर्दै जनआकांक्षाको सम्बोधन गर्न थप प्रभावकारी ढंगबाट परिणाममुखी कार्य सम्पादन गर्न पनि सुझाव दिएको छ।

सरकारले गर्ने राजनीतिक नियुक्तीमा योग्यता, क्षमता र क्षेत्रगत विषयलाई आधार बनाएर गर्न पनि बैठकले आग्रह गरेको छ। राष्ट्रिय मुद्दाहरुमा सबै पक्ष एकजुट भएर अघि बढ्ने बातावरण सृजना गर्न पनि सरकारलाई आग्रह गरेको छ। बैठकले निर्मला पन्तको बलत्कार पछि भयको हत्याको बारेमा तदरुपताको साथ छानवीन गरी सत्य तथ्य तुरुन्त सार्बजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ।

बैठकले परिवार दलका जिल्ला समन्वय समितिहरुलाई आवस्यकता अनुसार पुर्नगठन गदै संगठन विस्तारलाई तिब्रता दिने तथा जनपक्षीय कार्यक्रम गर्ने निर्णय गरेको छ। बैठकमा दलका केन्द्रीय सल्लाहकार डा।चूडाबहादुर श्रेष्ठ, केशवप्रसाद चौलागाईं, आनन्द कार्की, सबिना कार्की, पूर्व एआईजी प्रकाश कुवँर, प्राध्यापक डा।तुलसी पाठक, डा।मिलन रत्न शाक्य, प्राध्यापक डा। श्रीरामप्रसाद उपाध्याय, प्राध्यापक नारायण शर्मा गजुरेल तथा महेश प्रसाईले नेपालमा परिवार दलको सान्दर्भिकता बढ्दै गएको बताउँदै क्रियाशील भयर देशव्यापी अभियान संचालन गर्न केन्द्रीय कार्यसमितिलाई सुझाव दिएका थिए।

बैठकमा परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रवत्ता सन्तोष कुमार पौडेल, कोषाध्यक्ष मिलन कुमारी राजबंशी र सचिव गोबिन्द मिश्रले पार्टीलाई स्थानीय स्तरसम्म लैजाने कार्यक्रम संचालन गरिने जानकारी गराएका थिए। केन्द्रीय सदस्यहरु तथा नेताहरु प्रकाश बाबु थापा, शिब कृष्ण श्रेष्ठ, राजेश बिष्ट, गणेश कुमार श्रेष्ठ, काशिनाथ खनाल, मनोज कुमार सुर्खेती, नबिन जैशी, जानकी घिमिरे, रुपा थापा, राम बहादुर लिम्बु, पिया रत्न महर्जन, रामचन्द्र चौधरी, डा। श्याम नेपाल, सन्त बहादुर पन्त लगायतका नेताहरुले समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083