पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्रीद्धारा श्रद्धाञ्जलि
वि.सं.२०७५ पुस ३ मंगलवार ११:०५
5.02K
shares
shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्। पूर्वप्रम गिरीको आज बिहान उहाँकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो। रासस






























