किन टिक्दैनन् उपमहानगरमा सहसचिव
वि.सं.२०७५ पुस ३ मंगलवार १३:५५
shares

इटहरी । उपमहानगरहरुमा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दखी कायम गरिए पनि प्रदेश १ मा सहसचिव टिक्न सकेका छैनन् । प्रदेश १ का दुई उपमहानगर धरान र इटहरीमा आएका ‘प्रथम ब्याचका’ सहसचिवको सरुवा भएपछि आएका नयाँ प्रशासकीय अधिकृत उपसचिव छन् । इटहरी उपमहानगरपालिकामा पहिलोपटक आएका सहसचिव थिए छवि रिजाल । २०७५ साल जेठ ११ गते आएका रिजाल धेरै टिक्न सकेनन् ।
उनी तिहार बिदा पारेर हिँडेपछि फर्केर आएनन् । अहिले उनी गरिबी निवारण कोषको प्रमुख कार्यकारीका रूपमा कार्यरत छन् । तिहारमा गएका सहसचिव नआएपछि इटहरी उपमहानगरको कामकाजमा धेरै समस्या भएको जनप्रतिनिधिले दुःखेसो गरे । आर्थिक हस्ताक्षरको अधिकार प्रमुख प्रशासकीय अधिकृतको भएकाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा धेरै आर्थिक कारोबार ठप्प भएको इटहरीका मेयर द्वारिकलाल चौधरीले बताए ।
रिजाल गएको एक महिनापछि मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत आए । जिल्ला समन्वय समिति मुस्ताङको जिल्ला विकास अधिकारी रहेका उपसचिव केशव विमली मंसिर २८ गते इटहरी आए । धरानको पनि उस्तै छ अवस्था । पहिलोपटक जेठ ३० गते प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका थिए सहसचिव सुमन घिमिरे । आएको ५ महिना पनि पूरा नबसी सहसचिव घिमिरे कात्तिक १२ गते सरुवा मिलाएर धरान छोडे ।
जनप्रतिनिधिसँगको विवादले सहसचिव टिक्दैनन्
कर्मचारीतन्त्रमा सहसचिव भनेका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी हुन् । उपसचिव भनेका राजपत्रांकित द्वितीय श्रेणिका कर्मचारी हुन् । प्रथम श्रेणिका सहसचिव विशिष्ठ श्रेणीका भनिने सचिव बन्न आवश्यक ‘मार्क’ पाउन विवादमा पर्दा असर हुने सहसचिव नै बताउँछन । विवादका कारण बढुवामा समस्या हुन्छ । स्थानीय तहमा धेरै कुरामा विवाद हुन्छ ।
जनप्रतिनिधिहरुको टकरावका कारण सहसचिवको कार्यक्षमतामा प्रश्नचिह्न आउने सहसचिव बताउँछन । हालसालै प्रदेश १ को उपमहानगरबाट सरुवा मिलाएर गएका एक सहसचिवले नाम नछाप्ने सर्तमा भने, ‘जनप्रतिनिधिहरुको टस्सलले काम गर्न असहज हुन्छ ।




























