विपद् व्यवस्थापनकालागि नीतिगत व्यवस्था गर्न आग्रह

5.21K
shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विपद् व्यवस्थापनका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन्। सभामुख महराले विपत्तिमा परेका बेला जीउधनको क्षति न्यूनिकरणका लागि स्रोत, साधन तथा पूर्व तयारीको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

‘विपद् सिर्जित विस्थापन राष्ट्रिय सम्मेलन’लाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले विपद् विस्थापनमा परेका नागरिकलाई संकटको सामना गर्न सक्ने गरी सशक्तिकरण अभियान संचालन गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिए।

सभामुख महराले नेपाल भूकम्पलगायतका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक भित्र पर्ने भन्दै त्यसबाट बच्ने उपायबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्न पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराए।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले सिकाएको पाठबाट सिकेर नेपालले विपत्तिका बेला अपनाउन पर्ने सावधानीसम्बन्धि ठोस नीति तय गर्नुपर्ने सभामुख महराको भनाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083