‘वैदेशिक रोजगारीका विकृति र विसंगतिलाई छिटै निर्मुल पार्छु’ : मन्त्री विष्ट
वि.सं.२०७५ पुस ३ मंगलवार १४:४२
shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका विकृति र विसंगतिलाई छिट्टै समाप्त पार्ने बताएका छन्।
मन्त्री विष्टले वैदेशिक रोजगारमा गएका लाखौं युवाहरुको जिन्दगी धरापमा पर्नेगरी वैदेशिक रोजगारीमा अपारदर्शीमा देखिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे। १८ औं अन्तराष्ट्रिय अप्रवासन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई न्याय दिन सरकार लागि परेको दावी पनि गरे। मन्त्री विष्टले वैदेशिक रोजगारलाई मर्यादित बनाउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरिएको पनि चर्चा गरे।
यस वर्ष श्रमको सम्मान गर्न आह्वान गर्दै अन्तराष्ट्रिय आप्रवासन दिवस विश्वभर मनाइदैछ। सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धि राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको सम्झनामा स्न २ हजारदेखि यो दिवस मनाउन थालिएको हो। विश्वमा हाल करिव ८० लाख मानिसहरु आप्रवासीका रुपमा रहेका छन्। नेपालमा पनि हाल रोजगारीको अभावका कारण विदेशिनेहरुको संख्या बढ्दो छ।




























