‘निर्मला हत्या प्रकरणका प्रदीप र विशालको डिएनए रिपोर्ट प्राप्त भएको छैन’ : एसपी कडायत

5.28K
shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण सम्पन्न भइसकेको प्रहरीले जनाएको छ ।

तर के रिपोर्ट आएको छ भन्नेबारे भने प्रहरीले केही जानकारी गराएको छैन। कञ्चनपुरका एसपी कुवेर कडायतले प्रदीप र विशालको डिएनए रिपोर्ट आफूलाई प्राप्त नभएको बताए । रिपोर्ट प्राप्त भएपछि जिल्ला सरकारी वकिलको रोहबरमा खोजिने एसपी कडायतले बताए । ‘प्रदिपसहित तीन युवाको डिएनए रिपोर्ट खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परिक्षण गरेर बिहान कञ्चनपुर पठाइएको जानकारी आएको छ,’ उनले भने, ‘त्यस्तै नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालामा परिक्षण गरिएको डिएनए रिपोर्ट भने पठाइएको जानकारी पाएको छैन ।’

खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परीक्षण गरेर पठाइएको भनिएको उनीहरुको डिएनए रिपोर्ट आफूलाई आज दिउँसोसम्म प्राप्त हुनेसक्ने एसपी कडायतले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083