प्रतिनिधिसभा बैठक : दुई विधेयक स्वीकृत
वि.सं.२०७५ पुस १३ शुक्रवार १६:४५
shares

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सो विधेयक प्रस्तुत गरेका थिए। सो विधेयकको सैद्धान्तिक विषयमा सांसदद्वय प्रेम सुवाल र कृष्णभक्त पोखरेलले आफ्नो धारणा राखेका थिए।
यस्तै बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
सो विधेयकको सैद्धान्तिक पक्षमा सांसद गगन थापा, प्रेम सुवालले आफ्नो धारणा राखेका थिए। बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरिएको जानकारी गराएका थिए। प्रतिनिधिको अर्को बैठक पुस १७ गते मङ्गलबार १२ः०० बजे बस्नेछ।




























