वृत्तिविकासको ढोका कहिँ पनि बन्द गरिएको छैन : मन्त्री पण्डित

4.84K
shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन नगरी नयाँ भर्ना गर्न नमिल्ने बताएका छन् । संसदको मंगलबार बसेको बैठक कर्मचारी समायोजको जवाफमा सो बताएका हुन् ।

‘सेवा प्रवाह स्थानीय तह प्रदेश र संघका कार्यालयको संगठन संरचना तयार भइसकेको र स्थानीय तह एवं प्रदेशबाट पनि व्यापक रुपमा राष्ट्रसेवक कर्मचारीको आवश्यकता महसुस भएको अवस्थामा सेवा प्रवाहलाई् गति दिनका लागि अध्यादेश ल्याइएको उनले प्रष्टिकरण मा भनेका छन् ।

समायोजन समाप्त भएलगत्तै भर्ना प्रक्रिया शुरु हुने भएकाले पनि छिटो समायोजन टुंग्याउनुपर्ने मन्त्री पण्डितले जोड दिएका छन् । कर्मचारीको वृत्तिविकास नरोकिने र सेवानिवृत्त भएपछि सबैको जिम्मा संघीय सरकारले लिने गरी व्यवस्थापन गरिएकाले शंका गर्नुपर्ने अवस्था नभएको मन्त्री पण्डितले बताए ।

छिटो संघीय निजामती सेवा ऐन र प्रदेश र स्थानीय तहको निजामती ऐनको नमुना कानून पनि ल्याउने प्रतिबद्धता जनाए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083