संघीय संसदको स्वास्थ्य समितिको बैठक आज बस्दै

5.12K
shares

काठमाडौं । चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठक आज बस्दैछ । बुधवार बिहान १० बजे बस्ने संघीय स्वास्थ्य समितिको बैठकपछि डा.केसीले अनसन बस्ने नबस्ने तय हुने उनका सहयोगी सिंहले बताएका छन् । बैठकमा सरकार र डा.केसीबीच पछिल्लो पटक भएको सहमतिका बारे छलफल हुँदैछ ।

यद्यपि सरकारले चिकित्सा शिक्षा विधेयक संसदको जारी अधिवेशनमा प्रस्तुत नगर्ने संकेत गरेको छ । डा.केसीसँग भएको सम्झौता अक्षरशः विधेयकमा समावेश गर्ने नगर्ने विषयमा शिक्षा मन्त्री गिरिराजमणी पोखरेल र सत्तारुढ नेकपाकै सांसदबीच विवाद भएपछि समिति बैठक नै प्रभावित हुँदै आएको छ ।

१५ औँ सत्याग्रहका क्रममा गत साउन १० गते सरकार र डा केसीबीच भएका सम्झौता राजनीतिक दस्तावेज भएकाले ऐनमा ढाल्न कानूनी भाषा मिलाउनु पर्ने उपसमिति सदस्य योगेश भट्टराइले बताउँछन् । मंगलवार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमिति बैठकमा चिकित्सा शिक्षा विधेयकका बारे भएको छलफल सदस्यहरुले विशेष गरी काठमाडौं बाहिर जान चाहने मेडिकल कलेजलाई÷पूर्वाधार भएकाको हकमा उदार हुनुपर्नेमा जोड दिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083