प्रदेश ५ मा माघ १ र २ गते सार्वजनिक बिदा

5.75K
shares

काठमाडौं । प्रदेश ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलवार बसेको प्रदेश सरकारको बैठकले थारु र मगर समुदायको बाहुल्य रहेका प्रदेश ५ मा माघी पर्वको अवसरमा माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसै अवसरमा प्रदेश सरकारले पुस समान्त (सोमवार पुस ३० गते) चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

राष्ट्रिय बिदा कटौती भएको र अन्य प्रदेशले पनि समुदायको बाहुल्यताका आधारमा बिदा दिँदै आएकाले प्रदेश ५ ले दुवै समुदायको माग सम्बोधन हुने गरी दुई दिन बिदा दिने र अघिल्लो दिन चियापान कार्यक्रम गर्दै माघी पर्वको शुभकामना आदानप्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । त्यस्तै बैठकले सरकारले प्रदेशमा रहेका स्वास्थ्य संस्थाको नाम समेत परिवर्तन गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशमा रहेका लुम्बिनी, भेरी र राप्ती अञ्चल अस्पताल अब प्रादेशिक अस्पतालमा रुपान्तरण भएका छन् । यसैगरी दाङमा रहेको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अस्पताललाई राप्ती प्रादेशिक आयुर्वेद अस्पताल बनाइएको छ । लुम्बिनी अञ्चल आयुर्वेद अस्पताललाई लुम्बिनी आयुर्वेद अस्पताल बनाइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083