रेशमपत्नी रञ्जिता भन्छिन् – ‘उहाँ जेलबाट छिट्टै घर फर्किनुहुन्छ’

7.7K
shares

काठमाडौं । निर्वाचित भएको १३ महिनापछि सांसदको शपथ खाएर डिल्लीबजार जेल फर्किएका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्ना पति छिट्टै घर फर्किने विश्वास व्यक्त गरेकी छन् । रेशमको शपथका लागि सिंहदरबार पुगेकी रञ्जिताले रेशम छिट्टै घर फर्किने विश्वास परिवारले लिएको बताएकी हुन् ।

‘निर्वाचित भएको एक वर्षसम्म शपथ भएको थिएन । शथप लिएर उहाँ जेल गएपनि केही दिनमा घर आउनुहुन्छ भन्ने आशा गरेकी छु,’ संसद् परिसरमा पत्रकारहरूसँग रञ्जिताले भनिन् । रञ्जितासँगै छोरा आभुषण पनि बुवाको शपथ ग्रहण समारोह हेर्न सिंहदरबार पुगेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083