न्यायाधीश दीपकराज जोशीको जिम्मेवारी खोसियो

4.63K
shares

काठमाडौँ । मुद्दा हेर्नबाट बञ्चित गरिएका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई सम्पूर्ण जिम्मवारीबाट मुक्त गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद बैठकले जोशीका सम्पूर्ण जिम्मेवारी खोसेको हो ।

परिषद् सदस्यका रूपमा समेत बिहीबारको बैठकमा जोशीलाई आमन्त्रण गरिएन । इजलास खोसिएको भोलिपल्टै जोशीले वरिष्ठतम् न्यायाधीशका रूपमा पाएको सम्पूर्ण जिम्मेवारी पनि खोसिएको छ । परिषद्ले संवैधानिक इजलास पुनर्गठन गर्दै जोशीलाई सदस्यबाट हटाएको छ । यस्तै, पुस २१ बाट अवकाश पाउन लागेका न्यायाधीश शारदाप्रसाद घिमिरेलाई पनि संवैधानिक इजलासको सदस्य तोकिएन ।

जोशी र घिमिरेपछि रोलक्रममा वरिष्ठ रहेका न्यायाधीश समेटेर संवैधानिक इजलास पुनर्गठन गरिएको छ । प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने इजलासमा अब दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सदस्य रहनेछन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083