‘यो बहुमतकोे सरकार होइन, ज्यानमारा सरकार हो’ : डा. केसी
वि.सं.२०७५ पुस २३ सोमवार १५:२६
shares

काठमाडौं। डा. गोविन्द केसीले आफूसँग भएको सहमतिविपरित चिकित्साशास्त्र विधेयक अघि बढाएको भन्दै सच्चाउन माग गरेका छन् ।
सोमबार डा. केसीले पत्रकार सम्मेलन गर्दै आफ्नो १५ औँ सत्याग्रहका बेला संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक निश्चित संशोधनसहित पारित गर्ने, उपत्यका बाहिर विभिन्न ठाउहरुमा सरकारी मेडिकल कलेजहरु खोल्नेलगायतका सहमतिविपरित विधेयक पारित गरेकोमा आपत्ति जनाएका हुन् ।
केसीले भने, ‘विधेयक अघि बढाउने क्रममा तथाकथित साम्यवादी नेता र उपसमितिका सदस्यहरुले चलखेल गरेर जनतामुखि बुँदा हटाएर माफियामुखी बुँदा थपेर विधेयक पारित गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’
उनले अबको अनसन नेताबिरुद्ध हुने दाबी समेत गरे । केसीले भने,‘बहुमतको सरकार नभएर ज्यानमारा सरकार भएको बताएका छन् । माग जस्ताको त्यस्तै कार्यन्वयन गर्नु पर्छ नत्र अब बश्ने अनसन राजनीतिक नेताविरुद्ध हुनेछ ।’




























