जापानमा कामदार पठाउने यस्तो छ सरकारको तयारी, मन्त्री विष्ट एक्सनमा

4.73K
shares

काठमाडौं । सरकारले नेपाली कामदार जापान पठाउन छनौट प्रक्रिया र सुरक्षाको विषयलाई प्राथमिकतामा राखेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यी विषयलाई गम्भीर रुपमा उठाएका हुन। उनले जापानी राजदूत मासामिची साइगोलाई मन्त्रालयमा बोलाएर नेपाली कामदार जापान पठाउँदा भर्ना तथा छनौट प्रक्रियालाई पारदर्शी तथा भरपर्दो बनाउन आग्रह समेत गरेका छन्।

मन्त्री विष्टले सोमबार मन्त्रालयमा जापानी राजदूतलाई बोलाएका थिए। भेटका क्रममा मन्त्री विष्टले कामदारको योग्यता, क्षमता, सीप र दक्षताको आधारमा छनौट प्रक्रिया प्रतिस्पर्धात्मक र पारदर्शी बनाउनु पर्नेमा जोड दिए। नेपाली कामदारलाई समेत जापान लैजान जापान सरकारको निर्णयको स्वागत गर्दै मन्त्री विष्टले नेपाली कामदार जापान जाँदा बिचौलियाको ठगीमा नपरुन् भन्ने विषयमा सरकार सजग रहेको बताए।

भेटका क्रममा जापानका राजदूत मासामिचीले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिष्पर्धात्मक तरीकाले जापान पठाउने विषयमा जापान सरकार सकरात्मक रहेको बताए। उनले चाँडै यस विषयमा छलफलका लागि जापानबाट एक प्राविधिक समूह नेपाल आउने र नोपली प्राविधिक समूहसँग छलफल गरी दुवै देशको हित अनुकुल हुने गरी कामदार पठाइने बताए।


divya collage
unigloble collage